१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा रावल र उपाध्यक्षमा घनश्यामको उम्मेदवारी घोषणा, मत माग्न सुरु



अ+ अ-

सौराह । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षपदका लागि महाधिबेशन प्रतिनिधिहरु संग मत माग्न सुरु गर्नुभएको छ । यसै गरी उपाध्यक्ष पदमा उपमहासचिब घनश्याम भुसालले पनि उम्मेदबारी  घोषणा गर्नुभएको छ ।

बन्दसत्र रोकेर सहमतिका लागि प्रयास भै रहेको समयमा राबल र भुसालले उम्मेबारी घोषणा गर्दे मत माग्न सुरु गर्नुभएको हो ।

महाधिबेशन प्रतिनिधिहरु संग मत माग्दै गर्दा संञ्चारकर्मी संग रावलले भन्नुभयो  ‘मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु । अब मेरो उम्मेदवारी पर्छ’ उनले भने,  ‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’