२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा रावल र उपाध्यक्षमा घनश्यामको उम्मेदवारी घोषणा, मत माग्न सुरु



अ+ अ-

सौराह । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षपदका लागि महाधिबेशन प्रतिनिधिहरु संग मत माग्न सुरु गर्नुभएको छ । यसै गरी उपाध्यक्ष पदमा उपमहासचिब घनश्याम भुसालले पनि उम्मेदबारी  घोषणा गर्नुभएको छ ।

बन्दसत्र रोकेर सहमतिका लागि प्रयास भै रहेको समयमा राबल र भुसालले उम्मेबारी घोषणा गर्दे मत माग्न सुरु गर्नुभएको हो ।

महाधिबेशन प्रतिनिधिहरु संग मत माग्दै गर्दा संञ्चारकर्मी संग रावलले भन्नुभयो  ‘मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु । अब मेरो उम्मेदवारी पर्छ’ उनले भने,  ‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’