७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुप्तचर प्रमुखलाई आजीवन कारावास



अ+ अ-

बेइजिङ । चीनका पूर्व गुप्तचर प्रमुख मा जियानलाई एक अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ । उत्तर–पूर्वी राज्य लियावोनिङको एक अदालतले उनलाई आजीवन कारावासको सजाय दिइएको जनाएको छ ।

सन् २०१५ मा मामाथि अनुसन्धान सुरु गरिएको थियो । त्यसको एक वर्षपछि उनलाई कम्युनिस्ट पार्टीबाट निष्काशित गरिएको थियो । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनलेआफ्नो गल्ती स्वीकार गरेको तथामुद्दाको फैसलाबारे पुनरावेदन नगर्ने जनाएका छन् ।

चीनमा राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको कडा नीतिका कारण सयौं उच्च पदस्थ अधिकारीलाई जेल सजाय दिइएको छ । मा जियान राज्य सुरक्षा उपमन्त्री थिए । मन्त्रालय विदेशतथा प्रतिगुप्तचर कार्यका लागि जिम्मेवार मानिन्छ ।

मा जियानलाई गुवो वेङगुईको व्यवसायमा सहयोग गरेको जनाइएको छ । अमेरिकाको न्युयोर्कमा रहेका गुवो चिनियाँ सरकारको खोजीको सूचीमा छन् । अदालतका अनुसार उनले १० करोड युआन (करिब डेढ करोड अमेरिकी डलर) घूस लिएको स्वीकार गरेका हुन् ।

चीन राष्ट्रपति सी चिनफिङले सन् २०१२ मा शासन सत्ता सम्हालेयता १० लाखभन्दा बढी सरकारी अधिकारीलाई भ्रष्टाचार मुद्दामा सजाय दिइसकिएको छ । आलोचकहरूले उक्त कदम विपक्षीलाई लक्षित गरी चालिएको दाबी गर्दै आएका छन् । बीबीसी