४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गुप्तचर प्रमुखलाई आजीवन कारावास

गुप्तचर प्रमुखलाई आजीवन कारावास
अ+ अ-

बेइजिङ । चीनका पूर्व गुप्तचर प्रमुख मा जियानलाई एक अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ । उत्तर–पूर्वी राज्य लियावोनिङको एक अदालतले उनलाई आजीवन कारावासको सजाय दिइएको जनाएको छ ।

सन् २०१५ मा मामाथि अनुसन्धान सुरु गरिएको थियो । त्यसको एक वर्षपछि उनलाई कम्युनिस्ट पार्टीबाट निष्काशित गरिएको थियो । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनलेआफ्नो गल्ती स्वीकार गरेको तथामुद्दाको फैसलाबारे पुनरावेदन नगर्ने जनाएका छन् ।

चीनमा राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको कडा नीतिका कारण सयौं उच्च पदस्थ अधिकारीलाई जेल सजाय दिइएको छ । मा जियान राज्य सुरक्षा उपमन्त्री थिए । मन्त्रालय विदेशतथा प्रतिगुप्तचर कार्यका लागि जिम्मेवार मानिन्छ ।

मा जियानलाई गुवो वेङगुईको व्यवसायमा सहयोग गरेको जनाइएको छ । अमेरिकाको न्युयोर्कमा रहेका गुवो चिनियाँ सरकारको खोजीको सूचीमा छन् । अदालतका अनुसार उनले १० करोड युआन (करिब डेढ करोड अमेरिकी डलर) घूस लिएको स्वीकार गरेका हुन् ।

चीन राष्ट्रपति सी चिनफिङले सन् २०१२ मा शासन सत्ता सम्हालेयता १० लाखभन्दा बढी सरकारी अधिकारीलाई भ्रष्टाचार मुद्दामा सजाय दिइसकिएको छ । आलोचकहरूले उक्त कदम विपक्षीलाई लक्षित गरी चालिएको दाबी गर्दै आएका छन् । बीबीसी