४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ट्रेड युनियन खारेज गरिन्छ– सरकार, पुस १५ मा आन्दोलन घोषणा गछौँ– कर्मचारी

ट्रेड युनियन खारेज गरिन्छ– सरकार,   पुस १५ मा आन्दोलन घोषणा गछौँ– कर्मचारी
अ+ अ-


काठमाडौं । कर्मचारी समायोजनको बारेमा सरकारले हालै ल्याएको प्रस्तावमा असहयोग गरे ट्रेड युनियनहरू नै खारेज गर्ने तयारी सरकारले थालेको बुझिएको छ । कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले उक्त समायोजनको प्रस्तावका विरुद्धमा काम गरेपछि सरकारले यस्तो गृहकार्य अघि बढाएको बताइएको छ । संविधानअनुसार नै कर्मचारीको समायोजन थालिएको भनाई सरकारको छ । तर पनि यसरी संविधानबमोजिम यस्तो समायोजनको कार्य थाल्दा त्यसलाई विरोध गरेकोमा कर्मचारीप्रति सरकार निकै आक्रामक भएको पाइएको छ । सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको तर कर्मचारीहरु भने सरकारका विरुद्धमा झनै आन्दोलित भएको पनि बताइएको छ । सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारीहरू विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरूसँग असन्तुष्ट बनेका छन् । उनले दिइएको समयमा पनि कर्मचारीले समायोजनका लागि आवेदन नगरेमा र कर्मचारीका यस्ता ट्रेड युनियनहरुले अरु कर्मचारीलाई पनि सरकारका विरुद्धमा उक्साएको पाइएमा त्यस्ता कर्मचारीका सबै ट्रेड युनियनहरु पनि खारेज गर्ने सरकारले तयारी थालेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकजना अधिकारीले ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउने गृहकार्य अघि बढाइएको बताएका छन् । उनले आफ्नो नाम नबताउने शर्तमा भने– कर्मचारीले आन्दोलन घोषणा गरे सरकारले पनि युनियन खारेजीको तयारी थाल्ने छ, सरकार यही पर्खाइमा छ ।

हामीले आन्दोलन घोषणा गर्छौँ– ट्रेड युनियन

उता सरकारको यस्तो तयारी रहेको बताइएको भए पनि आधिकारिक ट्रेड युनियनले भने यही पुस १५ गतेदेखि नै आन्दोलनको तयारी गर्ने बताएको छ । ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले भने– सरकारले युनियनको मागलाई बेवास्ता गर्दै समायोजन प्रक्रिया थाल्नुले सरकार आम कर्मचारीको समस्याप्रति उदासीन रहेको पुष्टि भएको छ, त्यसैले सरकारले समायोजन अध्यादेशमा रहेका विभेदकारी व्यवस्था नहटाए १५ पुसदेखि आन्दोलनको घोषणा गरिन्छ । आधिकारिक ट्रेड युनियनले १४ पुससम्म समायोजनमा रहेको विभेदकारी व्यवस्था नहटाएमा आम कर्मचारीलाई समायोजनमा नजान आह्वान गर्ने भएको छ ।