४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चालू बर्षमा २६ जनाले गरे आत्महत्या, अरु के–के भयो ?

चालू बर्षमा २६ जनाले गरे आत्महत्या, अरु के–के भयो ?
अ+ अ-

सप्तरी । चालू आर्थिक बर्ष २०७४/०७५ मा आत्महत्या गर्नेको संख्या अत्यधिक रुपमा बढेको छ । साउनदेखि मंसीरसम्मको तथ्यांक अनुसार २६ जनाले आत्महत्या गरेका छन् ।

विष सेवन गरी ९ जनाले, झुण्डिएर १४ जनाले, आगो लगाई २ जनाले र हाम फालेर एक जनाले आत्महत्या गरेका हुन् ।

त्यस्तै सप्तिरीमा कर्तव्य ज्यान मुद्दा ३, भवितव्य ज्यन मुद्दामा ४१, फुटकर ज्यान मुद्दामा ४ वटा मुद्दा दर्ता भएको छ । चोरीका ३० वटा, ठगीका ७ वटा, लागू औषधका १५ वटा, सरकारी कागज किर्तेका ५ वटा, केही सार्वजनिक अपराधका १३ वटा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी कुटपिटबाट अंगभंग भएका ३ वटा, बहुबिवाहका १३ वटा, जबरजस्ती करणीका २० वटा, जबरजस्ती करणी उद्योगका ९ वटा, बोक्सीको आरोपमा ५ वटा मुद्दा दर्ता भएको छ ।

पाँच महिनामा जिल्लामा सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् । हातहतियार खरखजाना १ मुद्दा दर्ता गरेको सप्तरी प्रहरीले झुठा विवरण पेशगरी नागरीक किर्ते गर्ने १ जना, ज्यान मार्ने उद्योगमा ११ जना, गर्भपतनका १, अपहरणका ४, शिक्षा ऐनका १, जुवाका २, नागरिकता किर्तेका ३, बालबिवाहका १, आन्तरिक बस्तु तोडफोडका १, डाँकाका १ घट्नामा मुद्दा दर्ता गरिएको छ । शान्ति बिरुद्धको कसुरका ३५ वटा, राज्य बिरुद्धको अपराधमा १ वटा मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।