७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालू बर्षमा २६ जनाले गरे आत्महत्या, अरु के–के भयो ?



अ+ अ-

सप्तरी । चालू आर्थिक बर्ष २०७४/०७५ मा आत्महत्या गर्नेको संख्या अत्यधिक रुपमा बढेको छ । साउनदेखि मंसीरसम्मको तथ्यांक अनुसार २६ जनाले आत्महत्या गरेका छन् ।

विष सेवन गरी ९ जनाले, झुण्डिएर १४ जनाले, आगो लगाई २ जनाले र हाम फालेर एक जनाले आत्महत्या गरेका हुन् ।

त्यस्तै सप्तिरीमा कर्तव्य ज्यान मुद्दा ३, भवितव्य ज्यन मुद्दामा ४१, फुटकर ज्यान मुद्दामा ४ वटा मुद्दा दर्ता भएको छ । चोरीका ३० वटा, ठगीका ७ वटा, लागू औषधका १५ वटा, सरकारी कागज किर्तेका ५ वटा, केही सार्वजनिक अपराधका १३ वटा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी कुटपिटबाट अंगभंग भएका ३ वटा, बहुबिवाहका १३ वटा, जबरजस्ती करणीका २० वटा, जबरजस्ती करणी उद्योगका ९ वटा, बोक्सीको आरोपमा ५ वटा मुद्दा दर्ता भएको छ ।

पाँच महिनामा जिल्लामा सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् । हातहतियार खरखजाना १ मुद्दा दर्ता गरेको सप्तरी प्रहरीले झुठा विवरण पेशगरी नागरीक किर्ते गर्ने १ जना, ज्यान मार्ने उद्योगमा ११ जना, गर्भपतनका १, अपहरणका ४, शिक्षा ऐनका १, जुवाका २, नागरिकता किर्तेका ३, बालबिवाहका १, आन्तरिक बस्तु तोडफोडका १, डाँकाका १ घट्नामा मुद्दा दर्ता गरिएको छ । शान्ति बिरुद्धको कसुरका ३५ वटा, राज्य बिरुद्धको अपराधमा १ वटा मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।