• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काहाँ–काहाँ पाइन्छ भाडामा गर्लफ्रेन्ड ? अनि के–के गर्न पाइन्छ त ?



भाडामा गर्लफ्रेन्ड (प्रेमिका) पाइन्छ भन्दा पत्याउन मुस्किल पर्ला । तर, यो सत्य हो । पश्चिमा देशहरूमा किशोर–किशोरी तथा युवा–युवतीमा प्रेमी–प्रेमिकाप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखेर भाडामा गर्लफ्रेन्ड उपलब्ध गराउन थालिएको छ ।

यस्तो अनौठो खबर चीनको हो । जहाँ मात्रै २० रुपैयाँमा सुन्दरी गर्लफ्रेन्ड सजिलै भाडामा पाउन सकिन्छ । र, यस्तो अचम्मको सुविधा चीनको गुआंगडोंगस्थित एक स्टोरमा मात्रै छ ।

खबरअनुसार सो स्टोरमा उमेर पुगेका सुन्दर युवती ग्राहकको पर्खाइमा बसेका हुन्छन् । जहाँ जो कोही पुरुष गएर छानी–छानी मात्रै २० रुपैयाँमा गर्लफ्रेन्ड लिएर जान सक्छन् । तर, उसले २० रुपैयाँमा मात्रै २० मिनेटका लागि गर्लफ्रेन्ड लैजान पाउँछ । पछि फिर्ता गर्नुपर्छ ।

अब केही रुपैयाँमा पाइने गर्लफ्रेन्डसँग के–के गर्न पाइएला भन्ने पनि तपाईंलाई लाग्ला । २० मिनेटसम्मका लागि पाइने यस्ता भाडाका गर्लफ्रेन्डलाई नजिकैको बगैंचा तथा पार्कमा लिएर घुम्न, गफगाफ गर्न सकिन्छ । सपिङ गराउने इच्छा भए त्यो पनि गर्न सकिन्छ ।

त्यत्ति मात्रै हैन, यदि तपाईं भाडाकी गर्लफ्रेन्डसँग विशेष डेट गर्न चाहनुहुन्छ वा खाना खान चाहनुहुन्छ भने ती सबैका कामका लागि मात्रै २० मिनेट समय हुन्छ । यदि ढिला भएको खण्डमा तपाईंलाई स्टोरले मिनेट गनेर थप पैसा तिराउँछ ।

तर, यस्ती गर्लफ्रेन्डलाई तपाईंले छुन वा चुम्बन गर्न वा अंकमाल गर्न भने पाउनुहुन्न । सोही स्टोरमा युवतीका लागि ब्वाइफ्रेन्डसमेत भाडामा उपलब्ध गराइन्छ । ऐजेन्सी