४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन माग

मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन माग
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गर्नुभयो ।

उहाँले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन माग गर्दै प्रतिवेदनको मस्यौदा सांसदको पिजनहोलमा कहिले राख्ने ? भन्ने प्रश्न गर्नुभयो ।

उहाँले संविधानमा सार्वजनिक, निजी, सहकारीकामार्फत शिक्षा विकास गर्ने भनिएको छ तर सरकारले यो कुरालाई बिर्र्सिएको छ भन्नुभयो ।

सांसद वृषेशचन्द्र लालले विगतमा तराई–मधेश घटनाका बारेमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन माग गर्नुभयो । सांसद दीलकुमारी रावलले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटलियन कम्पनी सिएमसीले एकतर्फीरुपमा किन आफ्नो ठेक्का प्रक्रिया रद्द गरी आयोजनाको काम ठप्प गर्यो ? यसका बारेमा खानेपानी मन्त्रीले सदनमा जानकारी गराउन माग गर्नुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले हालै दाङ, नुवाकोटमा भएका सडक दुर्घटना, कालिकोटका आगलागीका घटनामा परी अकालमा मृत्यु भएका परिवारजनलाई उचित राहत प्रदान गर्न र घाइतेको शीध्र उपचारको व्यवस्था मिलाउन माग गर्दै बूढीगण्डकी स्वदेशी कम्पनीले बनाउने प्रबन्ध मिलाउनुपर्छ भन्नुभयो ।

उहाँले वैदेशिक रोजगारीका लागि मलेशिया जाने प्रक्रिया खोल्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन बुढाले कालिकोटको न्यौपाने बस्तीमा हालै आगलागी हुँदा त्यहाँका १७९ घरमध्ये ८७ घर जलेर नष्ट भएको, १३ जना घाइते भएको, ? तीन करोड छ लाख बराबरको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगलागी भएको गाउँको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले प्राथमिकता दिन माग गर्नुभयो । उहाँले भन्नुभयो, “कणाली प्रदेशका अधिकांश घरका छाना खरले छाएका छन्, आगलागीको उच्च जोखिम हुन्छ । यसैले कर्णालीलाई खरको छानामुक्त बनाउन ध्यान जाओस् ।”

सांसद रामनारायण बिडारीले पुनःनिर्माण प्राधिकरणको समयावधि पुनःनिर्माणका लागि दुई वर्षमात्र भएको सन्दर्भमा हालसम्म प्राधिकरणले के काम गर्यो ? यसका बारेमा सदनलाई जानकारी दिन माग गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ बारा जोड्ने द्रुतमार्गअन्तर्गतको खोकना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कोमल ओलीले पूर्व–पश्चिमअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजनाको काम छिटो अगाडि बढाउन माग गर्नुभयो । सांसद रामपृत पासवानले दलित जनजाति सूचीमा सूचीकृत गर्दा ध्यान दिन आग्रह गर्नुभयो । रासस