• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’ ★   विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित ★   मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै ★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित ★   नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन ★   रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो  ★   साउदीमा हजयात्रीलाई हैरानी, हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द

उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक



सियोल । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ ।

उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ ।

मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।”

मन्त्रालयका अनुसार उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य जानकारी यतिठूलो संख्यामा सार्वजनिक भएको यो पहिलो पटक हो ।

व्यक्तिगत विवरण सार्वजनिक भएका व्यक्तिलाई उक्त घटनाका बारेमा जानकारी गराइएको मन्त्रालयले बताएको छ । साइबर आक्रमणमा जिम्मेवार व्यक्तिका बारेमा अनुसन्धान थालिएको छ । मन्त्रालयले छानबिनमा प्रहरीको सहयोग लिइएको बताउँदै आगामी दिनमा हुनसक्ने ह्याकका बारेमा सचेतता अपनाइने बताएको छ ।

सरकारले तथ्याङ्क भण्डारका लागि प्रयोग हुने कम्प्युटरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने तयारी पनि गरेको छ । रासस