४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बोरिङबाट खानेपानीपछि स्थानीयवासी हर्षित

बोरिङबाट खानेपानीपछि स्थानीयवासी हर्षित
अ+ अ-

फिदिम । खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ ।

कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको हो । सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रुपमा समाधान गर्ने उद्देश्यले प्रदेश नम्बर नं १ सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट कुम्मायक गाउँपालिका–४ उत्तिसे र वडा नं ५ निगालेमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकाल्ने योजना अघि बढेको हो । निगालेबाट पनि आगामी एक हप्ताभित्र नियमित रुपमा खानेपानी निकाल्न थालिने डिप बोरिङ खानेपानी उपभोक्ता समिति कुम्मायकका अध्यक्ष अमरसिंह थापाले जानकारी दिनुभयो ।

बोरिङबाट निकालिएको खानेपानी निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनबाट वितरण हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । जसबाट कुम्मायक गाउँपालिका– १, ४ र ५ का झण्डै दुई हजार ५०० घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गरी खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न लागिएको बताउनुभयो ।

खानेपानी समस्या तत्कालीन रुपमा हल गर्ने उद्देश्यले गत हप्ताबाट डिप बोरिङ प्रविधिको परीक्षण शुरु भएको थियो । बिहीबारबाट पानी निकालिए पनि ल्याब परीक्षणपछि मात्रै खानयोग्य हुने उपभोक्ता समितिका सचिव खेम निरौलाले बताउनुभयो ।

“ल्याब परीक्षणको नतिजापछि मात्रै खानेपानी पिउन उपभोक्तालाई आग्रह गरेका छौँ” निरौलाले भन्नुभयो “तर, खानेपानीको अभावमा रहेका उपभोक्ताले, विहीबारबाट प्रयोग थाल्नुभएको छ ।” कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा स्थानीयवासीलाई खानेपानी बिक्री गर्दै आएको छ ।

यसअघि स्थानीय व्यवसायिले प्रतिलिटर दुई रुपैँयामा खाने पानी बिक्री गर्दै आएका थिए । “किनेर खानेपानी पिउँदै आएका उपभोक्ताले आफ्नै घर छेउ स्वच्छ खानेपानी भेटेपछि प्रयोग गर्नबाट रोक्ने कुरा भएन्” निरौलाले भन्नुभयो ।

डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने क्रममा केही घण्टा लेदो र खिया सहितको पानी निस्किए पनि केही समय पछिबाट स्वच्छ र सङ्लो पानी निस्किएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको अभाव छ । यी क्षेत्रमा खानेपानीको अभाव हुँदा बसाइसराइको क्रम उच्च बनेको छ ।

खानेपानी समस्या समाधान गर्न रु ५१ करोड लागतमा उक्त क्षेत्रमा विगत दुई वर्ष अघिबाट तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । समयमै उक्त आयोजना सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नु परेपछि प्रदेश नं १ सरकारले समस्याको तत्कालीन समाधानका लागि डिप बोरिङ प्रविधिबाट खानेपानीको व्यवस्था गर्न बजेटको व्यवस्था गरेको उक्त क्षेत्रबाटै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको भनाइ छ । रासस