• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक

आर्मीको सानदार जित, सरस्वतीको पोष्टमा गोलको बर्षा



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले सरस्वती क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको छैटौ मिनेटमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीका लागि खेलको ३०औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुई गोलले अघि रहेको आर्मीले खेलको दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मीका लागि खेलको ६१औं मिनेटमा भरतले अर्को गोल गर्दै खेल ३–० गोलको अग्रतामा पुर्‍याएका थिए । त्यस्तै, खेलको ८० औं मिनेटमा ओलुसोला इब्राहिमले आत्मघाती गोल गरेपछि आर्मीले ४–० गोलले जितेको हो ।

जितसँगै चौथो स्थानमा रहेको आर्मीले लिगमा ११ खेलबाट २१ अंक बनाएको छ । पराजित सरस्वती भने लिगको १०औं स्थानमा छ ।

बिहीबार संकटा क्लबलाई पराजित गरेसँगै दुई खेलअघि नै मनाङ मर्स्याङ्दी क्लबले लिगको उपाधि जितिसकेको छ ।