१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीको सानदार जित, सरस्वतीको पोष्टमा गोलको बर्षा



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले सरस्वती क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको छैटौ मिनेटमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीका लागि खेलको ३०औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुई गोलले अघि रहेको आर्मीले खेलको दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मीका लागि खेलको ६१औं मिनेटमा भरतले अर्को गोल गर्दै खेल ३–० गोलको अग्रतामा पुर्‍याएका थिए । त्यस्तै, खेलको ८० औं मिनेटमा ओलुसोला इब्राहिमले आत्मघाती गोल गरेपछि आर्मीले ४–० गोलले जितेको हो ।

जितसँगै चौथो स्थानमा रहेको आर्मीले लिगमा ११ खेलबाट २१ अंक बनाएको छ । पराजित सरस्वती भने लिगको १०औं स्थानमा छ ।

बिहीबार संकटा क्लबलाई पराजित गरेसँगै दुई खेलअघि नै मनाङ मर्स्याङ्दी क्लबले लिगको उपाधि जितिसकेको छ ।