
काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले आफ्नो अनुमति बिना विदेश भ्रमण जान नपाउने बेबस्था गरेको हो ।
अनुमति नै नलिई आफूखुसी विदेशमा भ्रमणमा जाने कर्मचारीको संख्या बढेको भन्दै समितिले यस्तो निर्देशन जारी गरेको हो । बीमा कम्पनीहरुले स्कीम नै बाँडेर विदेश भ्रमण गराउने गरेको पाइएपछि निर्देशन दिन बाध्य भएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।
विदेश भ्रमण गर्दा मुलुकलाई नै फाइदा नगर्ने र त्यसको बदलामा स्वदेशमै घुमे पर्यटकीय क्षेत्रको थप विकास पुग्ने भएकाले नेपाल प्रतिको मोह बढाउन उक्त नियम ल्याईएको समितिले जनाएको छ । जसले गर्दा पर्यटकी क्षेत्रको प्रवद्र्धन र मुलुकको अर्थतन्त्रलाई समेत सकरात्मक प्रभाव पार्ने भएकाले यो नियम बनाईएको जनाएको छ ।
त्यस्तै समितिले कर्मचारीहरुका लागि चाहिने सवारीसाधन खरिद प्रकृयामा पनि अनिर्वाय अनुमति लिनुपर्ने बताएको छ ।










