१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।

उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।