४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

किसानलाई ट्र्याक्टर वितरण

किसानलाई ट्र्याक्टर वितरण
अ+ अ-

बेत्रावती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ ९तरकारी जोन० नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ ।

परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्न ट्र्याक्टर वितरण गरेको जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई उपलब्ध गराइएको ट्र्याक्टरमा रु २५ हजारसम्म तथा आधा रकम अनुदानमा दिइएको छ । “जोन कार्यालय विदुरको परिसरमा नै ट्र्याक्टर बिक्री गर्ने व्यवसायीलाई प्रदर्शनी गर्न लगाएर किसानलाई छनोट गर्ने अवसर दिएका छाँै ।” जोन प्रमुख गैरेले भन्नुभयो “रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने विभिन्न चार किसिमका ट्र्याक्टर किसानले खरीदका लागि छनोट गर्न पाएका छन् ।”

परियोजनाले किसानलाई यान्त्रिकीकरणमार्फत खेती लगाउन सहयोग पु¥याउने उद्देश्यले ट्र्याक्टर लिन चाहने किसानसँग प्रस्ताव माग गरेको थियो । सोही अनुसार ९१ वटा कृषि सहकारी, कृषि समूह र फार्म प्रस्तावक भएर आवेदन दिएका थिए ।

किसानको मागअनुसार हाल १२० थान ट्र्याक्टर उपलब्ध गराइएको र आवश्यकताअनुसार थप गरिने परियोजनाका कृषि अधिकृत कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले गरेको प्रस्तावमा रहेर सात हर्ज क्षमताका रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने ट्र्याक्टर अनुदानमा उपलब्ध गराइएको हो ।

“किसानले खरीद गर्न चाहेको ट्र्याक्टरमा आधा रकम तथा बढीमा रु २५ हजारसम्म अनुदान दिइएको छ ।” कृषि अधिकृत उपाध्यायले भन्नुभयो, “प्रति कृषि सहकारी संस्थालाई तीन थान, कृषक समूहलाई दुई थान र कृषि फार्म सञ्चालन गर्दै आएका किसानलाई एक थान ट्र्याक्टर अनुदानमा दिइएको छ ।”

कार्यालयले उपलब्ध गराएको ट्र्याक्टरको सहायताले कम लगानीमा धेरै प्रतिफल निकाल्न सकिने जोन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले बताउनुभयो । उहाँका अनुुसार आधुनिक खेती प्रणालीका लागि यान्त्रिकीकरण अत्यावश्यक भएकाले ट्र्याक्टर वितरणले किसानलाई उत्साहित बनाएको छ ।

“गोरु पाल्न र हलो जोत्न जनशक्तिको अभावले खेती लगाउन कठिन बन्दै आएको छ ।” पुडासैनीले भन्नुभयो, “कम लगानीमा छिटो काम गरेर व्यावसायिक बनाउन किसानलाई ट्र्याक्टरसँगै अब कृषि उत्पादनको ढुवानी गर्न सवारीसाधन समेत उपलब्ध गराउन लागिएको छ ।”

नुवाकोटमा गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको तरकारी जोन कार्यक्रम यहाँको ककनी गाउँपालिका–८ बाहेक सातवटा वडा, शिवपुरी गाउँपालिका–६ समुद्रादेवी, वडा– ७ सुनखानी र वडा नं– ८ थानापती, पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्या, वडा नं–४ थप्रेक र वडा नंं–५ भदु्रटार एवं दुप्चेश्वर गाउँपालिका–३ रातउवेशी र वडा नंं–५ बालकुमारीमा कार्यान्वयनमा छ । हाल जोनमा एक हजार ३७ किसान आबद्ध छन् ।

छनोट क्षेत्रका किसान, कृषक समूह, कृषि फार्म, कृषि सहकारी संस्था, कृषि सम्बन्धी जल उपभोक्ता समितिले गर्दै आएका तरकारी खेतीसहित अब व्यावसायिक तरकारीखेती गर्न चाहेमा उनीहरूलाई विभिन्न सहायता कार्यक्रम सञ्चालनमा ल्याइएको छ । दश वर्षसम्म सञ्चालन हुने कार्यक्रमले छोटो अवधिमा कृषि पेशालाई सम्मानित बनाई किसानको जीवनशैलीमा कायपलट गर्ने योजना बनाएको जोन प्रमुख गैरेले बताउनुभयो ।

उहाँका अनुसार हाल किसानलाई अनुदानमा फलामको स्थायी टनेल निर्माण, प्लास्टिक पोखरी र भकारो सुधार कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

परियोजनामार्फत किसानलाई निःशुल्क प्राविधिक सहयोग, ८५ प्रतिशत अनुदानमा प्रयोगशाला सेवा, साना सिँचाइ पूर्वाधार र उत्पादन तथा कृषि व्यवसाय सेवाको पूर्वाधार, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण, कृषि उत्पादन सामग्री अन्तर्गतका बीउ, बेर्ना, बिरुवा लगायतका सेवा सञ्चालनमा रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनामार्फत नुवाकोटमा तरकारी जोनसहित आलु जोन कार्यक्रम र चार वटा ब्लक र २१ वटा पकेट क्षेत्र सञ्चालनमा छन् । रासस