१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अढाइ सय सरकारी भवनको पुनःनिर्माण सम्पन्न



अ+ अ-

काठमाडौँ । भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।

हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७/७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उहाँले बताउनुभयो । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

सुरक्षा निकायका सय भवन पुनःनिर्माण सम्पन्न

सुरक्षा निकायका ३८३ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १०३ वटा भवन सम्पन्न भएको छ भने १०२ भवन पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायका १७८ भवन बनाउन बाँकी रहेको जनाइएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सुरक्षा निकायका ६० प्रतिशत भवन पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७६/७७ मा ९५ प्रतिशत पुनःनिर्माण सकिने कार्ययोजना छ । आव २०७७/७८ मा ३८३ अर्थात् शतप्रतिशत सुरक्षा निकायका भवनको पुनःनिर्माण सक्ने प्राधिकरणले जनाएको छ ।

भूकम्पले नेपाली सेनाका २०४, नेपाल प्रहरीको १३९, सशस्त्र प्रहरीको ३१ र राष्ट्रिय अनुसन्धान विभागका नौ भवन भत्किएको थियो ।