• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द ★   जबज मौकाप्रस्थको माध्यम होइन: अध्यक्ष ओली ★   राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार ★   ‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’ ★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्

गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने



नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालमैत्री स्थानीय शासन कार्यविधि–२०६८ अनुरुप बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माण गर्न लागिएको बताउनु भयो ।
स्थानीयसँग गरिएको सार्वजनिक सुनुवाइका आधारमा माग भए बमोजिम गाउँपालिकामा सडक, पुल,पुलेसा, सिँचाइ, खानेपानी, शिक्षा, सञ्चार, विद्यालयको स्तरोन्नति, प्रशासनिक सुधारका काम थालिएको पनि अध्यक्ष थारुले बताउनुभयो ।