१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द



अ+ अ-

काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।

नाम सिफारिसमा विवाद भएपछि सिफारिस समितिले नै शुक्रबार सूचना सार्वजनिक गर्दै प्रक्रिया नै रद्द गरेको जनाएको हो । अर्थमन्त्रालयले सूचना प्रकाशित गरी नियुक्ति भएका अहिलेसम्म भएका सबै प्रक्रिया रद्द भएको जनाइएको छ ।

गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ ।

समितिले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/०३/१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच जना अध्यक्षका उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो ।

जसअनुसार सर्ट लिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणको लागि उपस्थित भएपनि डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

यसअघि महान्यायाधिवक्ताले कानुनी राय दिँदै तीन जना भन्दा कम व्यक्तिको प्रतिस्पर्धा हुने अवस्थामा नियुक्ति नगर्न भनेका थिए । धितोपत्र बोर्ड ऐनमा तीन जना भन्दा बढीको बिचमा प्रतिस्पर्धा हुनुपर्ने उल्लेख छ । अर्थ मन्त्रालयको निर्देशनमा समितिले गरेको यो निर्णयपछि धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने निश्चित भएको छ । बोर्डको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको छ ।




भर्खरै