४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग
अ+ अ-

काठमाण्डौं । उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।

बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् ।

वैज्ञानिक भाडादर कायम नहुँदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने उनीहरुको माग छ । “२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ’’, व्यवसायी एवं चालक पूर्ण तामाङले बताउनुभयो ।

शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उहाँको भनाइ छ । “मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन”, उहाँले भन्नुभयो ।

सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या र गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाइएको जानकारी दिनुभयो । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताउनुभयो ।

व्यवसायी तथा चालक समाजसेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, आफूलगायत व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरेको बताउँदै तामाङले कुटपिटबाट ट्याक्सी चालकले आँखा गुमाउनु परेको जानकारी दिनुभयो । “अर्का घाइते बा १ ज ६१ ५६ नंं का चालक डम्बर खड्कालाई रु २५ हजार सहयोग गरियो । प्राइभेट गाडीले ट्याक्सीको काम गर्दा पनि समस्या भएको छ । यसबारेमा पटक÷पटक उजुरी गरे पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरेको छैन”, चालकहरूको भनाइ छ ।

हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउँदै तामाङले भन्नुभयो, “२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा रु २५० तिर्नुपथ्र्यो, अहिले रु पाँच सय तिर्नुपर्छ, तेस्रो पक्ष बीमा रु ५०० बाट अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।” अधिकांश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट मूल्य समायोजन गर्नुपर्ने तथा चालकमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका छन् । रासस