४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अपराध रोकथाम सचेतना कार्यक्रम

अपराध रोकथाम सचेतना कार्यक्रम
अ+ अ-

काठमाडौँ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँको ज्ञानेश्वरमा आज अपराध नियन्त्रण सम्बन्धी चेतनामूलक प्र्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरी, ग्यालेक्सी पब्लिक स्कुल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालद्वारा काठमाडौँ ज्ञानेश्वरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, अपरहण तथा जबरर्जस्ती करणी सम्बन्धी प्रशिक्षण दिँदै अपराधबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो ।

उहाँले यस्ता आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी सधैँ क्रियाशील रहेको भन्दै नागरिक र प्रहरीको सहकार्यले मात्र सुरक्षा मजबुत हुने बताउनुभयो । विकास र समृद्धिले मात्र अपराध न्यूनीकरण हुननसक्ने भन्दै उहाँले अपराध न्यूनीकरणका लागि सोचमा परिवर्तन जरुरी रहेको औंल्याउनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको प्रशिक्षण कार्यक्रममा ग्यालेक्सी स्कुलका सह–प्राचार्य सुरिना गुरुङको संयोजकत्वमा विद्यालय सम्पर्क समिति समेत गठन गरिएको छ ।

यता राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित ८ औँं समूहको विपद् व्यवस्थापन आधारभूत तालीम आज समापन गरिएको छ । कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले तालीममा हासिल गरेका कला, कौशल र सीपलाई एक आपसमा २९ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।
रासस