१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ



अ+ अ-

 

नारायणपुर । महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ ।

गाउँ युवाले मदिरा सेवन महिला हिंसा बढेको भन्दै स्थानीय दियालो महिला आमा समूह गठन गरेर मदिरा मुक्त गाउँ अभियान सञ्चालन गरिएको आमा समूहका सचिव तथा सामाजिक अभियानकर्मी हीरा बुढाले जानकारी दिनुभयो ।

“दिनमै गाउँका युवा मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्ने र महिलामाथि हिंसा हुन थालेपछि महिला सङ्गठित भएर अभियान सञ्चालन गरेका हौँ, २०५५ सालदेखिको अभियान अहिलेसम्म टिकाएका छौँ”, हीराले भन्नुभयो ।

“बयासी घरधुरी रहेको उक्त गाउँमा मदिरा निषेधित क्षेत्र घोषणा हुनुपूर्व १४ वटा मदिरा बिक्री गर्ने भट्टी रहे पनि गाउँमा अहिले एउटा भट्टी देखिँदैन । “आमा समूहको अभियानमा हाम्रो पनि साथ हुन थाल्यो, अहिले मदिरा सेवनभन्दा यहाँका युवा सिर्जनशील कार्यमा लागेका छन्”, स्थानीय सीता बुढाले भन्नुभयो ।

मदिरा सेवन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५०० देखि जरिवाना लगाउन शुरु गरेका महतिनियाँ गाउँका महिलाले अहिले जरिवाना शुल्क रु पाँच हजार बनाएका छन् । विसं २०५५ मा रेडियो नेपालमा सामाजिक रुपान्तरणका कुरा सुनेर प्रभावित भएका महतिनियाँ गाउँका महिला गाउँको रुपान्तरणका लागि मदिरा निषेध घोषणा गरेपछि मात्रै महिला सशक्तीकरणका धेरै अभियान सञ्चालन भएको बताउँछन् ।

पहिले मादकपदार्थ सेवन गरेर राति श्रीमती पिट्ने श्रीमान्ले अहिले स्थानीय विकासको अगुवा भएर काम गरेका छन् । कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगविना २० वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । रासस