४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसङ्घ र अमेरिकाको चिन्ता

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसङ्घ र अमेरिकाको चिन्ता
अ+ अ-

ढाका । बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्नसक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन् ।

आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन् ।

विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ । सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन् । निर्वाचन अघिको हिंसाका कारण अमेरिका र संयुक्त राष्ट्रसंघबाट यस प्रकारको चिन्ता व्यक्त भएको बताइएको हो ।

दक्षिण एसियाली यस राष्ट्रका प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गर्नुभएको थियो ।

बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा रहनु भएको छ । उहाँले विर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताउनुभएको छ ।

बङ्गलादेशको लागि अमेरिकी राजदूत एरल मिलरले चुनावी अभियानका क्रममा हुने हिंसामा विपक्षी पार्टीप्रति नै हिंसा लक्षित हुनसक्ने बताउनुभएको छ ।

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त केएम नुरुल हुदासँग भएको वार्ताको क्रममा मिलरले सो चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।

उहाँले प्रमुख निर्वाचन आयुक्तसँगको भेटका क्रममा यहाँका प्रमुख विपक्षी दलका कार्यकर्ताहरूलाई तारो बनाइएको र निर्वाचनका क्रममा पनि उनीहरूमाथि हिंसा हुनसक्ने अमेरिकी चासो आफूले उठाएको बताउनुभएको थियो ।

गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ । सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।

निर्वाचन प्रचारप्रसारको क्रममा जारी हिंसामा अल्पसङ्ख्यक र महिला उम्मेदवारसमेत पीडित भएको मिलरद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

आक्रमणहरूमा प्रायः विपक्षी पार्टीका सदस्यहरू नै पीडित भएका समाचारहरू आइरहको छन् । निर्वाचनको दिनमा सुरक्षा व्यवस्थाको विषयमा पनि मिलरले प्रमुख आयुक्तलाई प्रश्न गर्नुभएको बताइएको छ ।

अमेरिका र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशका प्रत्येक व्यक्तिलाई धाकधम्की या हिंसारहित एवम् स्वतन्त्र रुपमा मतदान गर्न आग्रह पनि आग्रह गर्नुभएको छ ।

उता जेलमा रहेकी विपक्षी नेत्री खालेदा जियाले वर्तमान सरकारले गराउन लागेको यस आमनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न होला भन्नेमा आफ्नो विश्वास नरहेको बताउनुभएको छ । रासस