४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हुलाकी राजमार्ग : ३० महीनामा नौ किलोमिटर कालोपत्रे

हुलाकी राजमार्ग : ३० महीनामा नौ किलोमिटर कालोपत्रे
अ+ अ-

लमही । हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही–कोइलावास सडक खण्डमा नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ । गएको ३० महीनामा ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भएपनि काम शुरु भएको डेढवर्षसम्म नौ किलोमिटर मात्रै सडक कालोपत्रे भएको इञ्जिनीयर मुकेश शाहले बताउनुभयो ।

“तीस महीनामा काम सक्ने गरी सम्झौता भएको हो, डेढवर्ष वितिसक्यो उहाँले भन्नुभयो, अब एक वर्ष मात्रै बाँकी छ, तर काम गर्नुपर्ने धेरै छ ।” सडकका संरचना नहटाउँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

अहिले लमहीदेखि नौ किलोमिटर सडकमा रहेका विद्युत्को पोल, तार, खानेपानीका पाइप, नेटका तार नहटाउँदा काम अघि बढउन समस्या भएको उहाको भनाइ छ । यी संचरना हटाए दुई महीनाभित्रै त्यस क्षेत्रको कालोपत्रे गर्ने काम पूरा गर्ने उहाँको भनाइ छ । सडक निर्माण कामलाई तीव्रता दिन दैनिक तीनसय मजदुरले राति १० बजेसम्म काम गरेकाले दैनिक ५÷६ मिटर सडक कालोपत्रे गर्ने गरेको भएपनि बीचबीचमा हुने अवरोधले ढिलाइ भएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार अहिले पाँच किलोमिटर सडक चौंडा बनाउने काम भइरहेको छ । सबै कालोपत्रे गर्ने काम यही पुस महीनाभित्रै सक्नुपर्ने भए पनि सडकका संरचना, मुआब्जा वितरण जस्ता कारणले कामले गति लिन नसकेको उहाँको भनाइ थियो । अहिले बीचबीचमा कलवर्ट, पर्खाल, कज्वे निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो ।

लमही गढवासम्म ८ किलोमिटर क्षेत्रमा बसोवास गर्ने नागरिकलाई मुआब्जा वितरणमा ढिलाइ हुँदा पनि काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । दाङ खण्डमा कालोपत्रे गर्न करीब रु ६६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालीका कुमार जेभिले निर्माणको जिम्मा लिएको छ । हुलाकी सडकको चौडाइ सात मिटर हुने उहाँको भनाइ छ ।

१७ करोड बढी मुआब्जा वितरण

हुलाकी राजमार्ग अन्तर्गत लमही–कोइलावास सडकमा रु १७ करोड बढी मुआब्जा वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार रु १७ करोड १९ लाख तीन हजार ७५६ मुआब्जा वितरण गरिसकिएको छ । अहिलेसम्म १६७ घरपरिवारलाई मुआब्जा वितरण गरिसकेको उहाँले बताउनुभयो । नापी र मालपोत कार्यालयको फाइलका आधारमा कागजपत्र मिलेकाले मुआब्जा पाइसकेको उहाँले बताउनुभयो ।

मालपोत र नापी कार्यालयबाट आएका सबै फाइलको भुक्तानी गरिसकिएको उहाँले बताउनुभयो । अहिले ३० वटा फाइल प्रक्रियामा रहेको समेत आचार्यले बताउनुभयो । मालपोत र नापी कार्यालयबाट फाईल तयार हुन ढिला भएकाले मुआब्जा वितरण पनि ढिला भएको उहाँको भनाइ छ । रासस