३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

अनलाइन कारोबारका लागि छुट्टै खाता खोल्न नेप्सेको आग्रह

अनलाइन कारोबारका लागि छुट्टै खाता खोल्न नेप्सेको आग्रह
अ+ अ-

काठमाडौँ  :  नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ ।

स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको भए पनि राफसापका लागि धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न छुट्टै बैंक खाता तोकिएका बैंकमा खोल्न लगानीकर्तालाई आग्रह गरेको हो ।

लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ खोलेको कारोवार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटा मात्रै कारोवार खाता आबद्ध गर्नसमेत आग्रह गरेको छ ।

नेप्सेले तोकेको राफसाफ बैंकमा कारोवारका लागि अलग्गै खाता खोली धितोपत्र दलाल व्यवसायीसँग रकमान्तर गर्ने व्यवस्था मिलाउन र त्यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिने व्यवस्था गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

व्यवसायीलाई अनिवार्य रुपमा आफूले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउन, तोकिएको कारोवार सदस्य ग्राहक सम्झौता गर्न, आवश्यकताअनुसार रकम जम्मा गरी व्यवसायीबाट कारोवार सीमा लिन, कारोवारबाट बाँकी रकम बैंकिङ प्रणालीबाट फिर्ता लिन व्यवसायीलाई अनुरोध गर्ने र त्यस्तो अनुरोध प्राप्त भएको २४ घण्टाभित्र रकम प्राप्त भएको सुनिश्चित गर्न, हितग्राही खातामा रहेको रकममा मात्र बिक्री गर्न सकिने र धितोमा राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्न ध्यानकर्षण गराएको छ ।

नेप्सेले यही पुस १७ गते बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित गर्न लागेको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा आएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि थप सुधारसहित मङ्सिरको दोस्रो सातादेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको छ । नेप्सेले कारोवारका लागि विभिन्न चार बैंकलाई तोकेका छ । त्यसमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ र सिद्धार्थ बैंक छन् ।