१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास बैंक र फाइनान्स कम्पनीका लागि नयाँ नियम, प्रदेशमा जाने बाटाे खुल्याे



अ+ अ-
काठमाडाैंः नेपाल राष्ट्र बैंकले क्षेत्रीय रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीलाई प्रादेशिक संरचनामा लैजान नयाँ व्यवस्था ल्याएको छ ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई प्रादेशिक रुपमा सञ्चालनका लागि चुक्ता पुँजी निर्धारण गरेको हो ।
प्रादेशिक विकास बैंकका लागि १ अर्ब २० करोड र फाइनान्सको लागि ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । तोकिए बमोजिमको चुक्ता पुँजी पूरा नगरेसम्म हाल कायम रहेका जिल्लाहरुमा सीमित रही कारोबार सञ्चालन गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

अहिले एक भन्दा बढी प्रदेशमा शाखा सञ्चालनमा रहेका वित्तीय संस्थाले एउटै प्रदेशमा सीमित गर्नुपर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले २०७७ असारसम्मको समयसीमा दिएको छ ।
अर्को प्रदेशमा रहेको शाखा बन्द वा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा बिस्तार गर्न पाइने छैन । चुक्ता पुँजी पूरा गर्ने बेलामा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्दशनमा भनिएको छ ।