५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

बोइङ २ महिनादेखि मलेसियामै, निगमलाई व्ययभार बढायो

बोइङ २ महिनादेखि मलेसियामै, निगमलाई व्ययभार बढायो
अ+ अ-

काठमाडौँ — सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको बुधबार दुई महिना नाध्यो । अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन । निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो ।

‘इन्जिनको सी डक्ट उपकरण अमेरिकाबाट आइसक्यो मर्मत हुँदै छ,’ निगमका एक अधिकारीले भने, ‘उता न्यु इयर, क्रिसमस चलेकाले जहाज काठमाडौं कहिले आउँछ टुंगो लागिसकेको छैन ।’ ती अधिकारीका अनुसार यस पटक त्यहाँ मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसनले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ । यो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ । ‘विमान नै लिलाम गर्ने प्रक्रिया थालिसकिएकाले मर्मत गर्ने कि नगर्ने भन्ने अलमल देखिएको छ,’ निगमका एक अर्का निर्देशकले भने, ‘फेरि दुई महिनापछि यसको सी–चेकको मिति छ ।’ विमानलाई हरेक २० देखि २४ महिनामा सम्पूर्ण उपकरणको विस्तृत निरीक्षण एवं चेकजाँच गर्नुपर्छ । यो विमानको सी चेकका लागि कम्तीमा पनि १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

नेपाली नाम गण्डकी दिइएको यो ३१ वर्ष पुरानो बोइङको इन्जिन एक्सरे गराउनुपर्ने भएपछि कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले विमान काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए । त्यसबेला इन्जिनियरले ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने’ भनेका थिए । क्लालालमपुरस्थित निगमले ट्रान्जिट प्वाइन्टमा विमान मर्मत गराउने जिम्मा दिएको डेभिएसन कम्पनीले यस विमानको दायाँ इन्जिन एक्सरे गर्दा गडबडी देखाएको थियो । उक्त इन्जिनमा रहेको सी डक्ट जाँच्दा थुप्रै ‘स्टक्चरल डयामेज’ देखिएको निगमका एक इन्जिनियरले बताए । सी डक्टले विमान अवतरण गराउँदा हावा छलेर ब्रेक लगाउन मद्दत गर्छ । ‘अमेरिकाबाट झिकाइएको सी डक्टको मूल्य २ करोड हाराहारी पुगेको छ, यसको भन्सार महसुल मात्रै मलेसियामा २० लाख नेपाली रुपैयाँ परेको छ,’ स्रोतले भन्यो ।

१ सय ९० यात्रु सिट क्षमता भएको विमान बेलैमा नल्याइँदा उता पार्किङ शुल्कलगायतको बिलले निगमको व्ययभार बढाएको छ । ‘छ जना नेपाली इन्जिनियर पनि मलेसियामा दुई सातादेखि छन्,’ निगमका ती अधिकारीले भने, ‘उनीहरूको दैनिक भत्ता, मलेसियन कम्पनीको ज्यालालगायतको खर्च कति पुग्ने हो, अहिल्यै आकलन गर्न सकिन्न ।’ यो विमान पछिल्लो पटक ‘ब्याकअप’ का रूपमा प्रयोग हुँदै आएको थियो । अहिले उडानमा रहेका चार वटा एयर बसमध्ये कुनै ग्राउन्डेड हुँदा वा कुनै विमान ढिला हुँदा यसलाई उडानमा पठाइन्थ्यो । यसबाहेक यो बोइङलाई निगमले हङकङ र दुबईबाहेक प्राय: सातामा ३/३ दिन भारतको बैंगलोर र थाइल्यान्डको बैंकक उडाउँथ्यो ।

बैंगलोरको दुईतर्फी उडानमा यसले ३७ लाख हाराहारी र बैंककको उडानमा ५० लाख हाराहारीको आम्दानी गर्थ्यो। यो विमान मलेसियामा थन्किएपछि अहिले एयर बसका न्यारो र वाइडबडीमार्फत ती रुटमा उडान मिलाइएको छ । दिल्लीबाट मंगलबार बिहान काठमाडौं फर्किंदै गरेको निगमको पहिलो वाइड बडी विमान (अन्नपूर्ण) को पखेटामा डेन्ट देखिएपछि ग्राउन्डेड गरिएको छ । त्यो विमान पनि ग्राउन्डेड भएपछि तीन वटा एयर बसले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेका छन् । अहिले निगमले ३ घण्टासम्म डिले गरेर सेवा दिनुपरेको निगमको एयर बसका एक पाइलटले बताए ।

निगमले ३० वर्ष पहिले दुइटा बोइङ विमान अमेरिकाबाट खरिद गरेको थियो । यीमध्ये नेपाली नाम कर्णाली दिइएको बोइङ बीबी एयरवेजले एक वर्षअघि लिलामी प्रक्रियामार्फत खरिद गरिसकेको छ । एक मात्र बोइङका लागि निगमसँग हाल छ जना वरिष्ठ पाइलट छन् । जहाज नै नभएपछि उनीहरू पनि उडानमा छैनन् । जहाज नउडदा निगमले कम्तीमा ४५ उडान घण्टा बराबरको पारिश्रमिक दिने ग्यारेन्टी गरेको छ ।
(कान्तिपुर अनलाइनबाट साभार)