१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अब कोही पनि गरिब हुदैनन्, प्रधानमन्त्रीले ल्याए गरिबी मुक्त कार्यक्रम



अ+ अ-

काठमाडौं । अब नेपालमा कोही पनि गरिब नहुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोही पनि गरिब नहुने बताएका हुन्।
तेस्रो श्रम संसदको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। सरकारले नेपालमा श्रमजवी जनता को हित गर्ने भएकोले उनीहरुको वृद्धि विकास र आर्थिक स्थिति सुधार गर्नका लागि सधैं सकारात्मक रहने उहाँको भनाइ छ। सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने उनले बताए।

‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो।’प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभई गरिबलाई धनी बनाउने बताए।