१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अब कोही पनि गरिब हुदैनन्, प्रधानमन्त्रीले ल्याए गरिबी मुक्त कार्यक्रम



अ+ अ-

काठमाडौं । अब नेपालमा कोही पनि गरिब नहुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोही पनि गरिब नहुने बताएका हुन्।
तेस्रो श्रम संसदको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। सरकारले नेपालमा श्रमजवी जनता को हित गर्ने भएकोले उनीहरुको वृद्धि विकास र आर्थिक स्थिति सुधार गर्नका लागि सधैं सकारात्मक रहने उहाँको भनाइ छ। सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने उनले बताए।

‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो।’प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभई गरिबलाई धनी बनाउने बताए।