५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

अझै भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका

अझै भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका
अ+ अ-

म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको नेपाल समाचारपत्रमा खबर छ ।

यस्तै समस्या झेलिरहेको छ, म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा अवस्थित डिम्ब आधारभूत विद्यालय । जिल्ला सदरमुकामदेखि नजिकै र नगरपालिका भित्रको विद्यालयले आवश्यक मात्रामा शिक्षक दरबन्दी नपाउनु, आर्थिक अभाव, फर्निचर तथा पूर्वाधारको कमीका कारणले गर्दा विद्यालय सञ्चालनमा समस्या भैरहेको छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएको छ ।

विद्यालय तह अनुसार कम्तीमा पनि १ देखि कक्षा ५ सम्मको विद्यालयमा ४ जना शिक्षकको दरबन्दी हुनुपर्ने भए पनि हाल ३ जना मात्रै हुँदा अध्ययन अध्यापन तथा विद्यालयको दैनिक कार्यसम्पादनमा समस्या परेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गुनासो गरे । चिप्लेटी गाउँको मध्य भागमा रहेको विद्यालयमा बालशिक्षा सञ्चालनको टड्कारो आवश्यकता रहेपनि सम्बन्धित संस्थाबाट कोटा सहयोग नहुँदा त्यसमा पनि समस्या उत्पन्न भएको उनले गुनासो पोखेका छन् ।