१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर उठाउन बिहानै टोलटोलमा पुग्छन् यी वडा अध्यक्ष



अ+ अ-

पाँचथर । फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ। त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको छ।

पुसको चिसोमा समेत विहानै फोहोर उठाउने ट्याक्टर चलाउदै वार्ड अध्यक्ष टोल टोल पुगेको फोटो यतिवेला समाजिक सञ्चालमा चर्चित बन्दै गएको छ। फोहोर उठाउनका लागि फिदिम नगरपालिकाका ट्रिपर र ट्याक्टर रहेका छन्। पछिल्ला दिनमा ट्याक्टर चलाउने ड्राइभर कुमार खवास विरामी भएकाले ४ नम्बर वार्डको अध्यक्ष भएपनि फिदिम–१ को मुख्य बजार लगायतका ठाँउमा फोहोर उठाउन उनी सक्रिय छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।