१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर उठाउन बिहानै टोलटोलमा पुग्छन् यी वडा अध्यक्ष



अ+ अ-

पाँचथर । फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ। त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको छ।

पुसको चिसोमा समेत विहानै फोहोर उठाउने ट्याक्टर चलाउदै वार्ड अध्यक्ष टोल टोल पुगेको फोटो यतिवेला समाजिक सञ्चालमा चर्चित बन्दै गएको छ। फोहोर उठाउनका लागि फिदिम नगरपालिकाका ट्रिपर र ट्याक्टर रहेका छन्। पछिल्ला दिनमा ट्याक्टर चलाउने ड्राइभर कुमार खवास विरामी भएकाले ४ नम्बर वार्डको अध्यक्ष भएपनि फिदिम–१ को मुख्य बजार लगायतका ठाँउमा फोहोर उठाउन उनी सक्रिय छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।