७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले गर्यो राजनीतिक प्रतिवेदन परिमार्जन, कार्यदल गठन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्र्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

पार्टी केन्द्र्रीय कार्यालय धुम्बाराहीमा २९ मंसिरदेखि जारी स्थायी कमिटी बैठक शुक्रबार अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको छ । बैठकमा छलफलका क्रममा सदस्यहरूले दिएका सुझाव, आलोचना र पुरक प्रस्तावलाई ध्यानमा राख्दै प्रतिवेदनमा समावेश गरिने भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन परिमार्जनसहित पारित भएको बताए । राजनीतिक प्रतिवेदन, सरकार तथा पार्टी नेतृत्वको कार्यशैली र पार्टी एकताका विषयमा उठेका विषयलाई आत्मसात् गर्ने गरी सर्वसहमतिमा बैठक सम्पन्न भएको उनले बताए ।

‘बैठकमा सदस्यहरूले व्यक्त गर्नुभएको विचार एवं सुझावलाई समेट्दै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठकले प्रतिवेदन पारित गर्दै सांगठनिक एकता टुंगो लगाउन छुट्टै कार्यदल गठन गरेको छ ।’

बैठकमा बहुसंख्यक सदस्यले पार्टी र सरकार नेतृत्वको कार्यशैलीको कडा रूपमा आलोचना गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री दाहालले अगामी दिनमा सच्याउँदै पार्टीको निर्णय र सल्लाहमै कार्यसम्पादन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकता, सरकार र राजनीतिक प्रतिवेदनमा घनीभूत रूपमा छलफल गर्दै बैठक सम्पन्न भएको बताए । अगामी दिनमा पार्टी र सरकारको काम प्रभावकारी बनाउँदै लगिने सहमतिसमेत बैठकमा भएको उनले बताए ।

‘राजनीतिक प्रतिवेदन, सरकार, पार्टी एकतासहित वर्तमान राजनीतिक अवस्थाको विषयमा खुलेर छलफल भएको छ,’ साहले भने, ‘बैठकमा नेताहरूले दिएको रचनात्मक सुझावलाई नेतृत्वले आत्मसात् गर्दै आगामी दिनमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’

लामो समयपश्चात् भएको स्थायी कमिटी बैठक नियमित बस्ने र विगतका कमीकमजोरी सच्याउँदै अगाडि बढ्ने उनले बताए । पार्टी एकताको बाँकी काम टुंगो लगाउँदै आगामी फागुन र चैतमा देशैभरि एकताको सन्देश दिन जनपरिचालन एवं आमसभा आयोजना गरिने उनले बताए ।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । बैठकले पार्टी एकता, सरकार सञ्चालनलगायत विषयमा महत्वपुर्ण निर्णय गरेको उनले बताए ।

पार्टी नेतृत्वले एकता टुंगो लगाउन ढिलाइ भएको स्वीकार्य गर्दै सांगठनिक एकता पुस मसान्तभित्रैमा टुंगो लगाउने, एकताको सन्देश प्रवाह गर्न आमसभा एवं जनपरिचालन, सरकारको काम मुलुक र जनताको हितमा अझै प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको उनले बताए ।

९ सदस्यीय कार्यदल गठन
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको सात महिना बितिसक्दा समेत एकता कार्य टुंगो लागेको छैन । पार्टी नेतृत्वले एकता टुंगो लगाउनमा ढिलाइ भएको स्वीकार्य गर्दै बाँकी काम टुंगो लगाउन नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

स्थायी कमिटी बैठकले पुस मसान्तभित्रै एकता कार्यको बाँकी काम टुंगो लगाउन कार्यदल गठन गरेको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलका अनुसार संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गरी प्रस्ताव तयार गर्न कार्यदल गठन भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका छन् । यो कार्यदलले पुस मसान्तभित्रै पार्टी एकताको गृहकार्य गरी प्रतिवेदन बुझाउनेछ ।

नेकपाको केन्द्रीय कमिटी, प्रदेश कमिटीबाहेक अरू सबै कमिटीको टुंगो लागेको छैन । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने कार्य यो कार्यदलले गर्नेछ ।