५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

समवेदनामा बधाई लेख्ने तापस अधिकारीलाई के हुँदैछ कारबाही ?

समवेदनामा बधाई लेख्ने तापस अधिकारीलाई के हुँदैछ कारबाही ?
अ+ अ-


काठमाडौँ । इन्डोनेसियामा हालैको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण धेरै नागरिकको ज्यान गएकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना पठाएकी थिइन् । तर राष्ट्रपतिले लेखेको समवेदना परराष्ट्र मन्त्रालयबाट जाँदा भने बधाई लेखेर गयो । यो भन्दा ठूलो भूल कूटनीतिक क्षेत्रमा अरु के होला ? यसले नेपालको कूटनीतिक क्षमतामा कति विधि कमजोरी रहेछ भनेर संसारमै नै बदनाम गराएको छ । त्यो समवेदनाको अनुवाद गरी सम्बन्धित देशमा पठाउने काम परराष्ट्र मन्त्रालयलको हो ।

त्यससँग सम्बन्धित शाखा हो दक्षिणपूर्वी एसियाली महाशाखा । त्यस महाशाखाका सहसचिव तापस अधिकारी हुन् । यस्ता सबै वक्तव्यहरु सहसचिवले हेर्न नभ्याए पनि देशको राष्ट्रपति एवम् प्रधानमन्त्रीले दिएका वक्तव्यहरुलाई भने सहसचिव आफैले अनुवाद गरी राम्रोसँग हेरेर पठाउनुपर्ने हुन्छ ।
अझ पहिले पहिले राजाको पालामा त राजा र राजदरबारका तर्फबाट विदेशका लागि आउने वक्तव्य, सन्देशहरु सम्बन्धित महाशाखाको प्रमुखले हेरिसकेपछि त्यसलाई सचिवले नै फाइनल गर्ने गर्दथे । तर अहिले सचिवले यस्ता सन्देशहरु हेर्ने फुर्सद आफूलाई नहुने भन्दै पन्छिने गरेका परराष्ट्रका अधिकारीहरु बताउँछन् । सचिवले नभ्याएपनि त्यस महाशाखाका प्रमुखले भने अनिवार्य रपमा हेर्नुपर्ने हुन्छ । तर यसपटक भने सो महाशाखाका प्रमुख रहेका तापस अधिकारीले आफू मातहतका अधिकृत भुवन भट्टलाई लेख्न लगाएर आफूले हेर्दै नहेरी पठाइदिएका थिए । राष्टपतिको सन्देश तापसले हेरेपछि पनि सचिवले हेरेर फाइनल गर्नुपर्नेमा कसैले नहेरी अधिकृतलाई ड्राफ्न गर्न लगाएर पठाइदिएपछि यस्तो दुर्घटना हुन पुगेको छ ।

तापस अधिकारीले कहिल्यै पनि यस्तो गम्भीरता नदेखाउने गरेका सो मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर यति गम्भीर गल्ती हाकिमहरुले गरेर अहिले भने भुवन भट्टको स्पष्टिकरण लिइएको छ । त्यो पनि मन्त्रालयले नगरेपछि मन्त्रीको सचिवायले ती कर्मचारीमाथि कारबाही गरिने भनी विज्ञप्ति जारी गरिएको छ ।

यदि महाशाखा प्रमुख अधिकारीलाई स्पिष्टगरिण लिइयो भने त्यसको असर सचिव शंकरदाश बैरागीलाई पनि पर्ने भएकोले अहिले ती अधिकृतिलाई फसाउन खोजिएको भन्दै परराष्ट्रका कर्मचारीहरु आक्रोषित भएका छन् । उनीहरुले पहिले सचिव र त्यसपछि अधिकारीलाई कारबाही गर्नुपर्ने बताइरहेका स्रोतले जनाएको छ ।