१४ असार २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था: स्वास्थ्य मन्त्री



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको प्रथम अधिवेशनमा मन्त्री खतिवडाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन आग्रह गर्नुभयो । 

उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव व्यवस्थापनका लागि अर्को व्यवस्था नहुँदासम्म सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गरी कार्य क्षेत्रमा खटाइने प्रष्ट पार्नुभयो । उहाँले स्थानीय तहका कुनै वडामा कुनै प्रकारका स्वास्थ्य संस्था नभएकाले स्वास्थ्य संस्था स्थापना गर्न पहल भइरहेको बताउनुभयो । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट दोस्रो पटक भएको संसद् विघटनले राजनीतिक समस्या आएपछि संसद्का बहुमत सदस्यसहितको हस्ताक्षरबाट वर्तमान सरकार गठन भएको जानकारी गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रामेछाप जिल्ला इञ्चार्ज देवशङ्कर पौडेल, सहइञ्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, काठमाडौं–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवास खत्रीलगायतले स्थानीय तहमा राजनीतिक सङ्गठन विस्तारका लागि सुझाव दिनुभएको थियो । सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ भने वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियाँपानीको वडा कमिटी पनि गठन भएको सो पार्टीले जनाएको छ ।