५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

सुझाव नसमेटिए आयोगको प्रतिवेदन स्वीकार नगर्ने विद्यालय व्यवस्थापन समितिको चेतावनी

सुझाव नसमेटिए आयोगको प्रतिवेदन स्वीकार नगर्ने विद्यालय व्यवस्थापन समितिको चेतावनी
अ+ अ-

काठमाडाैं – सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र नेपाल सामूदायिक विद्यालय व्यवस्थापन समिति संघले सरकारद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको मस्यौदाको विरोध गरेको छ । उक्त मस्यौदामा आफूहरुको सुझाव समावेश नगरिए कुनैपनि हालतमा प्रतिवेदन स्विकार नगर्ने उनीहरुको चेतावनी छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघ र संघले आयोगको मस्यौदा आफूहरुको हितविपरित रहेको स्पष्ट पारेका छन् । उनीहरुले आफ्ना सुझावहरु पनि आयोगले समेट्नुपर्ने भन्दै ८ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

महासंघका अध्यक्ष कृष्ण थापाले सामूदायिक विद्यालय स्थानीय समूदायको भएको उल्लेख गर्दै विद्यालय विकास तथा व्यवस्थापनको जिम्मेवारी प्रअलाई दिईनु अव्यवहारिक र अलोकतान्त्रिक भएको आरोप लगाए । थापाले आफूहरुले अघि सारेका ८ बुँदे सुझावहरु आयोगले नसमेटे चरणवद्ध आन्दोलनमा उत्रिनेपनि चेतावी दिए ।

थापाले भने,‘हामीले आयोगलाई आफ्ना तर्फबाट सुझावहरु समयमै पेश गरिसकेका छौं । तर, आयोगले अघि सारेको मस्यौदा हेर्दा हाम्रा सुझावहरु समेटेको देखिएन । अझैपनि समय छ, हाम्रा सुझावहरु समावेश गरियोस् ।’ स्थानीयस्तरमा रहेका विद्यालयहरुको विकास र व्यवस्थापन स्थायनी तहबाटै हुनुपर्ने आफूहरुको मुख्य सुझाव रहेको छ ।

उनले अहिले आयोगले ल्याएको मस्यौदाले निजी विद्यालयलाईमात्रै प्रसय दिनेखालको रहेको पनि गम्भिर आरोप लगाए । ‘निजी विद्यालयमा व्यवस्थापन समिति हुँदैन, त्यहाँ लगानीकर्ता वा सञ्चालकले नै सबै कुरा चलाउँछन्’उनले भने–‘सरकारले निजी विद्यालयको सिको गरेर सामूदायिक विद्यालयलाई धराशयी र जनताबाट टाढा राख्न खोजिएको छ । यो कुनैपनि हालतमा मान्य छैन ।’

अहिले आएर वर्तमान सरकारले २०४९ सालको जस्तै विद्यालय व्यवस्थापन समिति खारेज गरेर सामूदायिक विद्यालयको जिम्मेवारी एकजना व्यक्तिलाईमात्रै सुम्पिन खोजेको थापाको आरोप छ ।

कार्यक्रममा संघका महासचिव रामकुमार थापाले आयोगको मस्यौदा प्रतिवेदन आफूहरुलाई यथास्थितिमा मान्य नभएको चेतावनी दिए । थापाले संविधान समाजवाउन्मुख रहेको तर सरकारका लागि निजी विद्यालय अप्ठ्यारो ठाउँमा आएको पिलोजस्तै बनेको टिप्पणी गरे ।
उनले निजी विद्यालयको सिको गरेर सामूदायिक विद्यालयको स्तरोन्नती कदापी नहुने जिकिर गरे । थापाले भने,‘सरकारले यस्तो कदम चाल्नु भनेको त सिधै निजी विद्यालयलाई प्रसय दिनु हो ।’

२०४६ सालको परिवर्तनपछि निजी विद्यालयहरु ह्वात्तै बढेको र त्यसैको प्रतिफलस्वरुप राज्यले दुई थरिका नागरिकहरुको उत्पादन गरिरहेको पनि उनले आरोप लगाए ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन प्रक्रिया नै गलत मनशायबाट भएकोमा आफूहरुले यसअघि नै विरोध जनाएको सुनाउँदै थापाले भने,‘त्यो आयोगमा स्थानीय अभिभावकहरुकोपनि उपस्थिति हुनुपर्दथ्यो । तर, त्यसको गरिएन । शिक्षा विज्ञ भनाउँदाहरुलाई मात्रै आयोगमा समावेश गरिएको थियो । यसमा हाम्रो घोर आपत्ति थियो ।’

थापाले ३० हजार सामूदायिक विद्यालय व्यवस्थापन समितिको यो आयोगको मस्यौदा प्रतिवेदनमाथि गम्भिर ध्यानाकार्षण भैसकेको पनि जनाए ।

कार्यक्रममा महासंघका महासचिव गुणराज मोक्तानले पनि आयोगको मस्यौदाप्रति आफूहरुको गम्भिर विरोध रहेको स्पष्ट पारे । उनले अभिभावकको अधिकार कटौती गर्ने कुरा आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए ।

महासंघका अध्यक्ष थापा र संघका कार्यवाहक अध्यक्ष गिरिन्द्र अधिकारीको संयुक्त नाममा जारी प्रेस विज्ञप्तीमार्फत अभिभावकको ६० प्रतिशत प्रतिनिधित्व र नेतृत्व सहितको विद्यालय व्यवस्थापन समिति हुनु पर्छ र विद्यालयमा सुशासन र प्रभावकारी व्यवस्थापनको लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउने संयन्त्र स्थापना हुनुपर्ने र विद्यालयको स्वामित्व अभिभावक र विद्यालय व्यवस्थापन समितिमा रहनु पर्छ र प्राज्ञिक नेतृत्व र शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापकलाई जिम्मेवार बनाउनुपर्ने माग अघि सारेका छन् ।

दुवै संस्थाबाट जारी विज्ञप्तिकाे पूर्ण पाठः

प्रेस विज्ञप्ति

मिति ः २०७५।०९।१२

नेपालको संवैधानिक व्यवस्था र समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि शिक्षाको दुरदृष्टि, नीति, रणनीति, संरचना र समसामयिक सुझाव सहितको प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको मस्यौदा प्रतिवेदन उपर देशभरीका करिब ३० हजार सामुदायिक विद्यालय व्यवस्थापन समितिको गम्भीर ध्यानाकार्षण भएको छ । प्रथमतः सरकारले गठन गरेको आयोगमा अभिभावकहरुको प्रतिनिधिका रुपमा रहेका विद्यालय व्यवस्थापन समितिहरु र समग्र अभिभावकको तर्फबाट प्रतिनिधित्व नगराइएको र सुझाव समेत माग नगरिएको प्रति अभिभावकहरुको वैधानिक प्रतिनिधि संस्थाका रुपमा रहेका विद्यालय व्यवस्थापन समितिहरुको घोर आपत्ति रहेको छ ।

आयोगको मस्यौदा प्रतिवेदन अध्ययन गर्दा अभिभावकको संलग्नता र तिनीहरुको भूमिकाका सन्दर्भमा प्रस्तुत सुझावमा विद्यालय व्यवस्थापन समितिहरुको कहिल्यै कुनै भूमिका नरहेको जस्तो रुपमा प्रस्तुत गरिएको देखिन्छ । अभिभावक र समुदायको मेहनत र पसिनाले स्थापना र सञ्चालन गरेको विद्यालय अभिभावकको हातबाट खोसेर सरकारको राजनैतिक अंगको नियन्त्रण र एक जना व्यक्ति (प्र.अ.)को कब्जामा राख्ने कुरा बिलकुल अलोकतान्त्रिक विधि र संरचनाको गरिएको प्रस्ताव प्रति विद्यालय व्यवस्थापन समितिहरु असहमति जनाउँदै खेद प्रकट गर्दछ ।

हामी स्मरण गराउन चाहन्छाँै नयाँ शिक्षाका नाममा २०२८ सालमा जनताबाट सरकारले विद्यालय खोसेदेखि नै शिक्षाको भित्री अधोगति शुरु भएको हो । सरकारीकरण र केन्द्रीयकरण असफल प्रमाणित भइसकेका हुन् । सम्भवतः समुदायको विस्थापन नै नाफामुखी विद्यालय पैmलिने पृष्ठभूमि थियो । यस विषयमा विज्ञ मन्त्रीज्यू र प्रबुद्ध सदस्यज्यूहरु अनभिज्ञ हुनुहुन्न । राज्य जनताको नियन्त्रणमा ल्याउन यत्रो सङ्घर्ष र बलिदान गरियो । यतिबेला विद्यालय समुदाय र अभिभावकको नियन्त्रणबाट बाहिर लैजाने प्रयत्न आश्चर्यजनक, खेदपूर्ण र अलोकतान्त्रिक छ । कतै पनि अभिभावकको समर्थन र सहयोग बिना विद्यालय उन्नत भएका छैनन् । उनीहरु सधैँ पृष्ठभूमिमा छन् । गर्न चाहने र सक्ने प्रधानाध्यापकलाई कतै पनि विद्यालय व्यवस्थापन समितिले असहयोग गरेका छैनन् ।

तल्लो तहदेखि नै नागरिकलाई अधिकार सम्पन्न गर्ने संवैधानिक मर्म अनुरुप सामुदायिक विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार, जवाफदेही र शक्तिसम्पन्न बनाउन निम्न सुझाव तथा मागहरु पेश गरिएको छ ।
हाम्रा माग तथा सुझावहरु
१. अभिभावकको ६० प्रतिशत प्रतिनिधित्व र नेतृत्व सहितको विद्यालय व्यवस्थापन समिति हुनु पर्छ र विद्यालयमा सुशासन र प्रभावकारी व्यवस्थापनको लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउने संयन्त्र स्थापना हुनु पर्छ ।
२. विद्यालयको स्वामित्व अभिभावक र विद्यालय व्यवस्थापन समितिमा रहनु पर्छ र प्राज्ञिक नेतृत्व र शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापकलाई जिम्मेवार बनाउनु पर्छ ।
३. वि.व्य.स.को अध्यक्ष बनाउन प्रधानाध्यापकले सिफारिस गर्ने र स्थानीय शिक्षा कार्यालयले नेतृत्व चयन गर्ने प्रस्ताव हटाईविद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन अभिभावक भेला मार्फत नै गर्नु पर्ने नीतिगत व्यवस्था हुनुपर्छ ।
४. विद्यालय व्यवस्थापन समितिमा अभिभावकको समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।
५. विद्यालयको प्रशासनिक र प्राज्ञिक नेतृत्व अभिभावक प्रति जवाफदेही बनाउन प्रधानाध्यापकको नियुक्ति विद्यालय व्यवस्थापन समितिले गर्नु पर्छ ।
६. विद्यालय शिक्षामा गुणस्तर तथा जवाफदेहिता सुनिश्चितताको लागि शिक्षकले प्रधानाध्यपकसँग, प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिसँग र विद्यालय व्यवस्थापन समितिले स्थानीय प्रति उत्तरदायी हुने गरी सरकारसँग करार गर्ने प्रावधान समावेश हुनुपर्छ ।
७. स्थानीय तह, प्रदेश तह र संघीय सरकारको शिक्षा सम्बन्धी नीति निर्माणमा विद्यालय व्यवस्थापन समितिहरुको प्रतिनिधिमूलक संस्थालाई स्थायी रुपमा संस्थागत प्रतिनिधित्व निश्चित गर्नुपर्छ ।
८. स्थानीय सरकारको विद्यालय व्यवस्थापन गर्न पाउने अधिकारको सम्मान गर्दै ती तहले विद्यालय व्यवस्थापन गर्ने नागरिकका अधिकार सङ्कुचित नगर्ने प्रत्याभूति गरिनु पर्दछ ।

मस्यौदाप्रति हामीले विद्यालय व्यवस्थापन समितिका सम्बन्धमा दिएका सुझाव आयोगको प्रतिवेदनमा नराखिए प्रतिवेदन स्वीकार नगर्न हामी बाध्य हुनेछौँ ।

गिरिन्द्र अधिकारी
केन्द्रीय का.वा. अध्यक्ष

नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ

 

कृष्ण थापा

केन्द्रीय अध्यक्ष

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल