१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाेटी पुगेर प्रहरी महानिरीक्षक खनालले भन्नुभयाे- “कानुन कार्यान्वयनमा प्रहरी कठाेर हुनुपर्छ”



अ+ अ-

डोटी – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनले अंगीकार गरेको भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति पूर्ण रुपमा पालना गर्दै कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरु कठोर रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीको शनिबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा प्रहरी महानिरीक्षक खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्न अाग्रह गर्नुभयाे ।

उहाँले महिला हिंसा तथा लैंगिक हिंसा न्यूनीकरणका लागि समुदाय तथा स्थानीय निकायहरुसँगको साझेदारीद्वारा सचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिनुभयाे ।

चोरी, डकैती, गुण्डागर्दी नियन्त्रणमा कठोर रुपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभएकाे थियाे ।

प्रहरीको व्यक्तित्व आफूले लगाएको पोशाकबाट झल्किने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो टर्नआउट, कार्यालय व्यवस्थापन, साधन स्राेतको सुरक्षा लगायतका काममा विशेष ध्यान दिन समेत  प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत प्रहरी कार्यलयमा कार्यरत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।