१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाेटी पुगेर प्रहरी महानिरीक्षक खनालले भन्नुभयाे- “कानुन कार्यान्वयनमा प्रहरी कठाेर हुनुपर्छ”



अ+ अ-

डोटी – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनले अंगीकार गरेको भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति पूर्ण रुपमा पालना गर्दै कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरु कठोर रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीको शनिबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा प्रहरी महानिरीक्षक खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्न अाग्रह गर्नुभयाे ।

उहाँले महिला हिंसा तथा लैंगिक हिंसा न्यूनीकरणका लागि समुदाय तथा स्थानीय निकायहरुसँगको साझेदारीद्वारा सचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिनुभयाे ।

चोरी, डकैती, गुण्डागर्दी नियन्त्रणमा कठोर रुपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभएकाे थियाे ।

प्रहरीको व्यक्तित्व आफूले लगाएको पोशाकबाट झल्किने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो टर्नआउट, कार्यालय व्यवस्थापन, साधन स्राेतको सुरक्षा लगायतका काममा विशेष ध्यान दिन समेत  प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत प्रहरी कार्यलयमा कार्यरत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।