१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका नेता सियाराम कुशवाहकाे तमासा, कटहरीया नगरपालिकामा अाइतबार सार्वजनिक विदा



अ+ अ-
तस्वीरः सियाराम कुशवाहकाे फेसबुकबाट

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी राैतहटका नेता एवं कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुशवाह अहिले सर्वाधिक चर्चामा छन् ।

सर्वाेच्च अदालतबाट काशी तिवारीकाे हत्यामा सफाइ दिएलगत्तै जेलबाट छुटेर शनिबार कटहरीया पुगेका कुशवाहले खुशीयालीमा नगर क्षेत्रमा एक दिन सार्वजनिक विदा दिएका छन् ।

नगरपालिकाका तर्फबाट प्रकाशित सूचनामा नगरपालिकाका सच्चा जनअभिभावक कुशवाह अदालतबाट सफाइ पाएकाे खुशीयालीमा पुस १५ गते अाइतबार सार्वजनिक बिदा दिएकाे जनाइएकाे छ । नगर क्षेत्रका स्कुल समेतका सबै कार्यालय अाइतबार बन्द हुनेछन् ।

कुशवाह सांसद प्रभु शाहलाइ साथमै लिएर हेलिकाेप्टरमा उडेर राैतहट अाेर्लिएका थिए । उनलाइ स्थानीयवासी एवं पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए ।

उनी गत वैशाखदेखि काशी तिवारीकाे हत्या अभियोगमा जेलमा थिए ।

हेर्नुहाेस् नगरपालिकाकाे सूचना

 




भर्खरै