१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका नेता सियाराम कुशवाहकाे तमासा, कटहरीया नगरपालिकामा अाइतबार सार्वजनिक विदा



अ+ अ-
तस्वीरः सियाराम कुशवाहकाे फेसबुकबाट

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी राैतहटका नेता एवं कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुशवाह अहिले सर्वाधिक चर्चामा छन् ।

सर्वाेच्च अदालतबाट काशी तिवारीकाे हत्यामा सफाइ दिएलगत्तै जेलबाट छुटेर शनिबार कटहरीया पुगेका कुशवाहले खुशीयालीमा नगर क्षेत्रमा एक दिन सार्वजनिक विदा दिएका छन् ।

नगरपालिकाका तर्फबाट प्रकाशित सूचनामा नगरपालिकाका सच्चा जनअभिभावक कुशवाह अदालतबाट सफाइ पाएकाे खुशीयालीमा पुस १५ गते अाइतबार सार्वजनिक बिदा दिएकाे जनाइएकाे छ । नगर क्षेत्रका स्कुल समेतका सबै कार्यालय अाइतबार बन्द हुनेछन् ।

कुशवाह सांसद प्रभु शाहलाइ साथमै लिएर हेलिकाेप्टरमा उडेर राैतहट अाेर्लिएका थिए । उनलाइ स्थानीयवासी एवं पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए ।

उनी गत वैशाखदेखि काशी तिवारीकाे हत्या अभियोगमा जेलमा थिए ।

हेर्नुहाेस् नगरपालिकाकाे सूचना