१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत वस्ती निर्माण गर्न सरकारले छुट्यायो साढे ४ करोड



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले कालिकोटको पलाताका अग्नि पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्नी पीडित परिवार पुनस्थापना कार्यक्रम अन्तर्गत बस्ती जलेकै ठाउँमा नमूना बस्ती ठड्याउने निर्णय गरेको हो। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले चार करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

‘अग्नी पीडितहरुको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपियाँ छुट्याएका छौं,’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमूना बस्ती निर्माण गछौं।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अघाडी बढाइसकेको छ। पुस आठ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेको खबर आजको नागरिक दैनिकमा छ।

प्रदेश सरकारले एकीकृत आवास निर्माण र पीडितहरुको लागि तत्कालिन सहयोगलाई एकद्धार प्रर्णालीमार्फत अघाडी बढाउने निर्णय गरेको छ। अग्नी पीडितका आवास निर्माणका लागि पाँच करोड रुपियाँ लाग्ने अनुमान प्रदेश सरकारको छ। सरकारले अग्नीपीडितका आवास निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।