२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा पूर्व एमाले सकिदै, माओवादीको हावी



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाबी भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै प्रचण्ड बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली कमजोर देखिए । ओली भने रक्षात्मक रुपमा प्रस्तुत भएका थिए ।

पार्टी एकताको दिन ९जेठ ३० ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा प्रचण्ड एकछत्र ‘हाबी’ देखिएको एक स्थायी समिति सदस्यले बताए ।

तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो । दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे । त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन् । बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए । उनले अबको पार्टी नेता आफू भएको सन्देश दिए ।

एक स्थायी समिति सदस्यका अनुसार, दाहालले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए । आगामी दिनमा पनि पार्टीभित्रको समीकरण आफूअनुकूल राख्न सके दाहाल सफल दरिने ती नेताको बुझाइ छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।