१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा पूर्व एमाले सकिदै, माओवादीको हावी



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाबी भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै प्रचण्ड बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली कमजोर देखिए । ओली भने रक्षात्मक रुपमा प्रस्तुत भएका थिए ।

पार्टी एकताको दिन ९जेठ ३० ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा प्रचण्ड एकछत्र ‘हाबी’ देखिएको एक स्थायी समिति सदस्यले बताए ।

तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो । दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे । त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन् । बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए । उनले अबको पार्टी नेता आफू भएको सन्देश दिए ।

एक स्थायी समिति सदस्यका अनुसार, दाहालले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए । आगामी दिनमा पनि पार्टीभित्रको समीकरण आफूअनुकूल राख्न सके दाहाल सफल दरिने ती नेताको बुझाइ छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।