१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ महाधिवेशन अन्यौलमा, पाँच जिल्लाको अधिवेशन सम्पन्न



अ+ अ-

काठमाडौं । विद्यालय, क्याम्पसदेखि जिल्लाहरूको अधिवेशन नै समयमा हुन नसकेपछि नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन निर्धारित समयमा हुनेमा फेरि पनि अन्योलता देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

तालिकाअनुसार शनिबारसम्ममा ७७ वटै जिल्लाको अधिवेशन सकिइसक्नुपर्ने थियो । तर, सात जिल्लाको अधिवेशन पनि सकिएको छैन । अहिलेसम्म भोजपुर, ताप्लेजुङ, अर्घाखाँची, हुम्ला, डोल्पा र झापा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।