१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना



अ+ अ-

काठमाडौँ । पिछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम मात्रको रहने छ। कानुनी अड्चनका कारण सरकारले कोषलाई औपचारिक विघटन नगरे पनि सोमबारदेखि कोष निस्क्रिय झैँ रहनेछ। सोही कारण कोषले अहिलेसम्म विभिन्न सामुदायिक संस्थामा गरेको गरेको १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना बढेको छ।

गरिबी निवारण कोष ऐनमार्फत स्थापना भएकोले कोष विघटन गर्न सरकारलाई कानुनी अड्चन परेको छ। कोषलाई आर्थिक सहयोग गर्दै आएको विश्व बैंकले आगामी सोमबारदेखि हात झिक्दै छ। विश्व बैंक र कोषबीचको सम्झौता सोमबारबाट सकिँदै छ।

विश्व बैंकले हात झिकेपछि कोषका ५७ कर्मचारी सोमबारदेखि एकैपटक विदाई हुँदैछन्। उनीहरूको बिदाइका लागि चिठीसमेत तयार भइसकेको कोषले जनाएको छ। कोषका कार्यकारी उपाध्यक्ष निर्मल भट्टराईले विश्व बैंकको कार्यक्रम सकिएपछि कोषमा कार्यरत ५७ कर्मचारी सोमबारदेखि एकैपटक बिदाई हुन लागेको बताए। कोषमा अब ४ जना मात्र माथिल्लो तहका कर्मचारी हुनेछन्। यो खबर नागरिक दैनिकमा छ।