१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिन मनाउन पारस चितवनमा



अ+ अ-

काठमाडौं । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।

शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो । श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुग्नुभएको थियो ।

यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ । उहाँ पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ ।

झापामा रहँदा उहाँ आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम तय भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रलाई भेटेसंगै फागुन ७ गतेबाट आन्दोलन घोषणा गर्ने बताउदै आउनुभएको छ । लगत्तै झापामा विभिन्न तहका नेता कार्यकर्तासंग भेट गर्ने योजना रहेको छ ।

झण्डै तीन साता लामो समयसम्म बस्ने योजना तय गर्नुभएका ज्ञानेन्द्रले यही फागुन ७ गते कोमलको जन्मदिन झापामै मनाउने कार्यक्रम तय गरेको स्रोतले जनाएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।