१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते



अ+ अ-

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ ।

शनिबार करीब ६ बजे बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजार गएकामा बजारमै उनको मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए ।

घाइते दुवैमध्ये बढी गम्भीर आमा लक्ष्मीनियादेवी सिंहलाई उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । रासस