१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा वृत्त र गोंगबु प्रभागको टोलीले खत्रीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

खत्रीले कुलोमा पानी हाल्ने क्रममा विवाद भएपछि कोदालोले हिर्काएर घर्तीको हत्या गरेर फरार रहेको अनुसन्धानमा खुलेको प्रसाईंले बताउनुभयो । रासस