१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीले दिइन् बुवालाई दागबत्ति



अ+ अ-

बैतडी । बैतडीको सबैभन्दा दुर्गम सिगास गाँउपालिकाकी एक महिलाले आफ्ना बुवाको मृत्यू हुदाँ आफैले दागबत्ति दिएकी छिन् ।

सामाजिक परम्परा अनुसार छोरालेमात्रै बुवाआमालाई मृत्यूपश्चात दागबत्ति दिने प्रचलन रहेकोमा बैतडीका सिगास ७ओखडानका ७२ बर्षिय रघुबिर ऐरको मृत्यू हुदाँ उनकी छोरी बेलमतिले मलामी गएरै मृतक दागबत्ति दिएकी हुन् ।

सामाजिक परम्परा अनुसार केटीमान्छेले सबलाई छुनै पनि नहुने बताइन् । तर बेलमतिले भने आफ्ना दाजुभाई कोहि नभएकाले छोरीनै सन्तानको रुपमा हुदाँ मृतक बुवालाई दागबत्ति दिएको बताइन् ।

मलामी गएका अन्य गाँउलेहरुले पनि मृतककी छोरीले दागबत्ति दिने इच्छा देखाउदाँ उनको इच्छालाई नर्कान नसकेको स्थानिय बिरेन्द्र ऐरले बताए । मृतक ऐरकी छोरी सिगास ७ ओखडान बाट ५घण्टा हिडेर सिगास ६मौरिबगर सेतिको किनारमा बुवाको अन्तीम संस्कारमा सहभागी भएकी हुन् ।

सिगास ७का स्थानियबासि कसैको मृत्यू हुदाँ घरबाट निकैटाढा सेति नदिको किनारमा अन्तीम सस्कार गर्ने गर्दछन् । मृतक ऐर गाँउका मुखिया समेत थिए । राजधानीबाट ।