१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईले दिए तमु ल्होसारको शुभकामना



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको मैले विश्वास लिएको छु, जारी शुभकामना सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री राईले संर्कीणता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गर्नुभएको छ । रासस