५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन

विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
अ+ अ-

पशुपतिनगर, इलाम । विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणले पुरानो बक्यौता सङ्कलन गरेको हो ।

मिटर रिडिङ भएको ६० दिनसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने प्राधिकरणको नियमावलीअनुसार आर्थिक वर्ष २०७३/७४ मा ३०४ ग्राहकको लाइन काटिएको थियो ।

आर्थिक वर्ष २०७३र७४ मा बाँकी बक्यौता रु दुई करोड १५ लाख ३४ हजार २०५ रहेकामा ३०४ जनाको लाइन काटेर रु चार लाख २१ हजार ६०१ सङ्कलन गरेको हो । प्राधिकरणको इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा उठाउनुपर्ने बाँकी बक्यौता रकम रु एक करोड ५१ लाखमा झारेको थियो । २०७४/७५ मा ६९८ ग्राहकको लाइन काटेर रु ३६ लाख ८५ हजार २५२ बक्यौता उठाएको केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो ।

लाइन काट्ने र बाँकी बक्यौता रकम उठाउने कामलाई तीव्रता दिएपछि बिल तिर्ने औसत अवधि छोटिएको छ । आर्थिक वर्ष २०७३/७४ मा ग्राहकले विद्युत् रिडिङ गरेको ४२ दिनमा महसुल तिर्दै आएकामा आर्थिक वर्ष २०७४/७५ मा ३२ दिनमा झरेको हो । प्राविधिक र अप्राविधिक चुवाहट रहने विद्युत् क्षेत्रमा प्राधिकरणले प्राविधिक चुवाहट नियन्त्रणको कामलाई तीव्रता दिएको छ । प्राविधिक चुवाहट नियन्त्रणका लागि विद्युत् प्रसारण, वितरण लाइन, प्रसारण क्षेत्रमा बुस कटिङ गर्ने, बन्द मिटरलाई परिर्वतन गर्ने, मिटर बाइपास गरी विद्युत् बाल्नेलाई कारवाही गर्ने कार्यक्रमलाई तीव्रता दिइएको प्राधिकरण प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७३/७४ मा २४ दशमलव ९६ प्रतिशत चुवाहट रहेको इलाममा आव २०७४/७५ मा १८ दशमलव ३६ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण ग्राहक निर्देशनालयले चालु आवमा १६ दशमलव ११ प्रतिशतमा चुवाहट झार्ने लक्ष्य दिएकोमा इलाम वितरण केन्द्रले आवको पाँच महीनामा १५ दशमलव ८५ प्रतिशतमा झारेको छ ।

बाक्लो बस्ती भएका क्षेत्रको ट्रान्सफर्मरको फेज परिवर्तन गर्ने, अर्थिङ्ग सुधार, फिक्कल सवस्टेशनको स्तरोन्नति, फिक्कल कन्याम फिडरको कन्डक्टर ९तार० परिवर्तन गरेकाले चुवाहट नियन्त्रणको दर कम भएको हो । चुवाहट नियन्त्रणका लागि प्राधिकरणले बन्द मिटरलाई परिवर्तन गर्ने कार्यक्रमलाई पनि तीव्रता दिँदै आएको छ ।

प्राधिकरण इलाम वितरण केन्द्रले गत अवमा ७०० बन्द मिटर परिवर्तन गरेको थियो । जसमध्ये पूर्वी इलामको सुर्योदय नगरपालिका क्षेत्रमा मात्रै चार मिटर परिवर्तन गरिएको थियो । शहरी क्षेत्र र बढी विद्युत् खपत हुने क्षेत्रमा गरिएको परम्परागत अर्थिङ्गलाई सुधार गर्दा पनि विद्युत् चुवाहट नियन्त्रण हुने भएकाले त्यसलाई तीव्रता दिएको प्राधिकरण प्रमुख घिमिरेले बताउनुभयो । ट्रान्सफर्मरको परम्परागत अर्थिङ्गलाई सुधार गर्न चालु आवदेखि बजेटकै व्यवस्था गरिएको छ ।

परम्परागतरूपमा अर्थिङ्ग गरिएका ट्रान्सफर्मरहरू चट्याङबाट चाँडै पड्किने भएकाले त्यसलाई सुधार गर्दा कम क्षति हुने प्राधिकरणले जनाएको छ । गत आवमा एकै दिन १८ ट्रान्सफर्मर पड्किएपछि झण्डै ३६०० परिवार लामो समय अन्धकारमा बस्न बाध्य भएका थिए । ट्रान्सफर्मर नै पड्किन नदिन फेज ब्यालेन्स सुधार र अर्थिङ्ग सुधारलाई प्राथमिकता दिएको प्राधिकरण प्रमुख घिमिरेले बताउनुभयो । प्राधिकरणले इलाम सदरमुकाम, फिक्कल, पशुपतिनगर र घना बस्ती भएका क्षेत्रमा रहेका ट्रान्सफर्मरको अर्थिङ्ग सुधारको कामलाई अहिले प्राथमिकतामा राखेको छ ।

३७ हजार ग्राहक सङ्ख्या रहेको नेपाल विद्युत प्राधिकरण इलाम विरतण केन्द्रले गत आर्थिक वर्षमा रु १८ करोड बढीको विद्युत् व्यापार गरेको थियो ।