६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङे र चौधरीको सपथमा अल्झिदै सरकार, के सांसद बन्न पाउलान त अापराधिक पृष्ठभूमि भएका व्यक्ति ?



अ+ अ-

पोखरा । गुन्डा नाईके भनेर चिनिने राजीव गुरुङ ऊर्फ दीपक मनाङे सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएसँगै उनलाई सपथ लिन दिने कि नदिने कुरामा बिबाद आउन थालेको छ ।

मनाङबाट निर्वाचित सांसद दिपक मनाङे थुना मुक्त हुन साथ सपथको चर्चा चुलिएको थियो । नभन्दै उनले आफुले सपथ लिन पाउनु पर्ने माग गर्दै बिहीबार गण्डकी प्रदेशसभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।

गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए । त्यस्तै अर्का अपराधिक पृष्ठभूमि भएका रेशम चौधरी पनि हाल थुनामा रहेका छन् । उनि पनि राजपाबाट निर्वाचित संसद हुन ।

चौधरीलाई छुटाउन राजपाले जोड गरेपनि हाल उनि थुनामै रहेका छन् । अपराधि रेशम चौधरी र गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मनाङे सांसद पदमा बिजेता त बने तर ज्यान मार्ने उद्योगमा प्रहरीको खोजी सूचीमा परेपछि दुबै सपथ नलिई फरार बनेका थिए । पछि दुबैले आत्मा सर्मपण गरेका थिए ।