१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको गुहार



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उहाँले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्, जहाँ जहाँ परे पनि परोस् । भएका कमीकमजोरीबारे लेखिएमा धन्यवाद दिन्छौँ तर सत्यसित कुनै साइनो नभएका समाचार सम्प्रेषण गरिनु निन्दनीय हो । यस्तो नहोस् ।”

उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएर सङ्घीय प्रणाली लागू भएको र वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सबै तहमा सत्ताको नेतृत्व गरिरहेको स्थितिमा यसलाई सामान्य सरकार परिवर्तनको विषयका रुपमा नलिन आग्रह गर्दै उहाँले नयाँ चुनौतीको सामना गर्न तथा संविधानका राम्रा कुरा कानून र संरचना बनाएर कार्यान्वयनमा जाने सवालमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सञ्चार माध्यमलाई सरकार र पार्टी ९नेकपा० का तर्फबाट उपलब्ध हुनुपर्ने सूचना र अन्य सहयोगका लागि आफूहरु तयार रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । कार्यक्रममा पत्रकार आचारसंहिता र डिजिटल पत्रकारिताबारे छलफल गरिनुका साथै शाखाको साधारणसभाको बन्द सत्र सञ्चालन हुनेछ । रासस