१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा पनि कमाल देखाउन सकेन ‘ठग्स अफ हिन्दुस्तान’ ले



अ+ अ-

नायक आमिर खानको चीनको फिल्म बजार निकै राम्रो छ । चीनको बजारमा उनी अभिनित ‘दंगल र सेक्रेट सुपरस्टार’ले करोडौ कमाई गरेका थिए । यसैले, भारतमा असफल भएको आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले चीनको बजारमा भने राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, चीनमा रिलिज भएको २ दिनमा यो चलचित्रले दयनिय व्यापार गरेको छ ।

यो चलचित्रलाई चीनका वितरकले सय करोडमा किनेका थिए । तर, चलचित्रले २ दिनमा जम्मा २१ करोडको कमाई गरेको छ । यो चलचित्रले शुक्रबार १० करोड र शनिबार ११ करोडको कमाई गरेको हो । यसैले पनि चीनको बक्स अफिसमा पनि यो चलचित्र असफल हुने पक्का छ । यस्तो अवस्थामा चीनका वितरकले यो चलचित्रबाट ठूलै घाटा सहनुपर्नेछ ।

विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सेख, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

ऐजेन्सी