१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा पनि कमाल देखाउन सकेन ‘ठग्स अफ हिन्दुस्तान’ ले



अ+ अ-

नायक आमिर खानको चीनको फिल्म बजार निकै राम्रो छ । चीनको बजारमा उनी अभिनित ‘दंगल र सेक्रेट सुपरस्टार’ले करोडौ कमाई गरेका थिए । यसैले, भारतमा असफल भएको आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले चीनको बजारमा भने राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, चीनमा रिलिज भएको २ दिनमा यो चलचित्रले दयनिय व्यापार गरेको छ ।

यो चलचित्रलाई चीनका वितरकले सय करोडमा किनेका थिए । तर, चलचित्रले २ दिनमा जम्मा २१ करोडको कमाई गरेको छ । यो चलचित्रले शुक्रबार १० करोड र शनिबार ११ करोडको कमाई गरेको हो । यसैले पनि चीनको बक्स अफिसमा पनि यो चलचित्र असफल हुने पक्का छ । यस्तो अवस्थामा चीनका वितरकले यो चलचित्रबाट ठूलै घाटा सहनुपर्नेछ ।

विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सेख, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

ऐजेन्सी